प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०७९-०६-११

  • A
  • A-
  • A+
Share

धनुषा, आफ्नै श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका-६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-०९

धादिङ, गल्छी गाउँपालिका-६ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित रुपन्देही तिलोतमा नगरपालिका-१ बस्ने ३२ वर्षीय तिल बहादुर थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ७३९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी ट्रक चालक थारुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा पठाउने बागमती प्रदेश ०२-०३१ प ०६८० नम्बरको मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका-६ बस्ने २३ वर्षीय बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छी गाउँपालिका-५ बस्ने २५ वर्षीय सुनिल तामाङलाई समेत प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।