नियन्त्रित लागूऔषधसहित पक्राउ
२०८०-०७-३०
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका-१९ बस्ने २२ वर्षीय बिजय महतोलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६० पिस र साइप्रोन १६ पीससहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिजयले आफ्नै बुवासँग विवाद गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कोठामा सिरानीको खोलभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।