बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-१३
- A
- A-
- A+
सुनसरी, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मोरङ रतुवामाई नगरपालिका-६ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको २०७७ पुस २७ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१२ छाताचोकस्थित लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।