प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

२०८१-०४-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा सिराहा साबिक ईटहर्वा गाविस-३ घर भएका २७ वर्षीय इम्तियाज अहमदलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सिराहा लहान नगरपालिका-३ बाट पक्राउ गरेको हो ।

        अहमदले पीडितहरूलाई डलर, कम्प्युटर, ल्यापटप, आईफोन सहितको लगेज, विदेशमा रहेको व्यक्तिको कोभिडले मृत्यु भएको र निज मृतकको नाममा नेशनल बैंकको खातामा रहेको रकम लिन भनि उत्तराधिकारी बनाई प्रलोभनमा पारी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरूमा ५६ लाख १० हजार ६ सय ९९ रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।  

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ ।


सम्बन्धित समाचार
चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जना पक्राउ
२०८२-०३-२७

कास्की, चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक घर भएका काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने २८ वर्षीय अन्जन तामाङ र ३२ वर्षीय सुरेश तामाङ रहेका छन् ।  पोखरा महानगरपालिका-१० शिवचोकमा अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाको २ तोलाको सुनको सिक्री २०८१ चैत २९ गते साँझ लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा उक्त कार्यमा संलग्न उनीहरूलाई काठामाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा ललितपुर  महानगरपालिका-२३ बस्ने नवलपरासी पूर्व सुनवल नगरपालिका-१ घर भएकी २९ वर्षीया बिन्दु पोखरेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  बिन्दुले युके पठाइदिन्छु भन्दै १९ जना पीडितहरूबाट ३२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-८ घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं महानगरपालिका-२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-६ घर भएका ३० वर्षीय नारायण लाम्ताङ्गे रहेका छन् ।  पक्राउ मध्ये सजुले सर्बिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ र नारायणले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-५ घर भएका ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ घर भएका ५४ वर्षीय स्वर्णिम कुमार बाँठा रहेका छन् ।   पक्राउ मध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रूपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिङमाडुण्डुलाई काठमाडौं महानगरपालिका-६ बाट र स्वर्णमलाई दाङ तुलसीपुर उपमहानगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।