प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०२-१४

  • A
  • A-
  • A+
Share

बर्दिया, ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

झापा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय बिवेक श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०८

बर्दिया, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दैलेख, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका-४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका-६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।