सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ
२०८३-०२-३०
- A
- A-
- A+
दाङ, लमही नगरपालिका-९ अमिलियास्थित नमस्ते होटलबाट सुन जस्तो देखिने पहेँलो धातु २ सय १४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिम बाँफिकोट गाउँपालिका-६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।