अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०२-२६
- A
- A-
- A+
मोरङ, बेलबारी नगरपालिका-२ लालभित्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २८ वर्षीय बिट्टु भगत र सुन्दरहरैँचा नगरपालिका-१२ बस्ने ३४ वर्षीय मिथलेस शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ८० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-३ बस्ने २१ वर्षीय निरन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-७ पूर्वेली टोल बस्ने ३८ वर्षीय मिथुन भन्ने रजत थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५५ ग्राम, २ थान डिजिटल तराजु र नगद २ लाख ८८ हजार २ सय ५० रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
पाँचथर, फिदिम नगरपालिका-२ पल्लोटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय १० मिलिग्राम सहित ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने मोरङ उर्लाबारी नगरपालिका- ८ आमबाडी घर भएका ३० वर्षीय गणेश सुजी, फिदिम नगरपालिका-१ बस्ने ३२ वर्षीय पर्वत तामाङ, सोही नगरपालिका-४ बस्ने १९ वर्षीया रिदिमा बर्देवा, सोही नगरपालिका-२ पल्लोटार डेरा गरी बस्ने फालेलुङ गाउँपालिका-२ घर भएका २७ वर्षीय दिपेन केरूङ र फिदिम नगरपालिका-१ घर भएका २३ वर्षीय बिरबल राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले दिपेन र बिरबलको डेराकोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ११ ट्याब्लेट र प्रोक्सिको स्पास ६६ ट्याब्लेट सहित तनहुँ भिमाद नगरपालिका-६ बस्ने २० वर्षीय निशेष परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-४ सिमलधारी सैनिकटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित बर्दिया डाँफे बस्ने २३ वर्षीय सुनिल बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ९ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने २२ वर्षीय पारस थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुलरिया र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-८ हात्तीसार बस्ने १९ वर्षीय चन्द्र बहादुर तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय आशिष अधिकारी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-६ रिछा बस्ने २० वर्षीय इन्द्रजित राना समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।