अवैध लागूऔषध गाँजासहित पक्राउ
२०८०-०६-२६
- A
- A-
- A+
काठमाडौं, शंखरापुर नगरपालिका-३ जंरसिंहपौवा चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ग्रामसहित काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले बा.३२ प ७९६३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।