बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ
२०७९-०१-०७
- A
- A-
- A+
काठमाडौं, १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।
शंखरापुर नगरपालिका-६ स्थित बज्रयोगीनीको मुल जात्रामा मानिसहरुको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।