अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८१-०३-०९
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध डाईजापाम ७३ एम्पुल, फेनेरागन ७४ एम्पुल, बुर्फिन ६८ एम्पुलसहित अन्नपूर्ण गाउँपालिका-३ काडे बस्ने ४१ वर्षीय बिरेन्द्र तुलाचनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले लु.१ ख ४९५० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बारा, बिश्रामपुर गाउँपालिका-३ बरैनिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्रामसहित भारत बिहार मोतिहारी नकरदेही थाना टोल बस्ने २९ वर्षीय प्रेम सहनीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।