अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-२२
- A
- A-
- A+
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ कात्राकबाट करिब १४ केजी अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा महानगरपालिका-१७ बस्ने ३४ वर्षीया टिका नेपाली लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिन्धुली, मरिण गाउँपालिका-७ जय मंगलस्थित प्रतिक्षालय छेउबाट करिब ९ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत वेष्ट बंगाल बानसगारा उत्तर लाईवरपारा बस्ने ४५ वर्षीय नजुर रहमान शेख नाम बताउने व्यक्तिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट करिब १ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दाङ तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने २१ वर्षीया कृतिका श्रेष्ठ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-५ बस्ने २८ वर्षीय रामचन्द्र चौधरीलाई करिब २ ग्राम ६ सय १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, २६ ग्राम ३ सय मिलिग्राम चरेस, नगद ४७ हजार रूपैयाँ र ५ ग्रामको ढक १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको खैरो हेरोइन सहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा लागूऔषध चरेस, नगद र ढक फेला पारेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडबाट करिब ४ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोही ठाउँ किराना पसल संचालन गरी बस्ने बझाङ जय पृथ्वी नगरपालिका-३ घर भएका २३ वर्षीय उमेश धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।