अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७९-०८-०८
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी सहित धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-५ सल्यानकोट घर भई हाल कास्की पोखरा महानगरपालिका-१४ चाउथे बस्ने २२ वर्षीय राजन खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ४१९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार खत्रीको झोलामा लुकाई ल्याएको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।