अवैध लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ
२०८३-०१-०४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम सहित इलाम सन्दकपुर गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रोमिश राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-००२ ख ०९४६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० ग्राम ५ सय २० मिलिग्राम सहित झापा गाउँपालिका-६ बस्ने २२ वर्षीय साफिक उल मिया समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले झापाबाट सुरूङ्गातर्फ आउँदै गरेको बिआर ३७ आर १८६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित पटेर्वा सुगौली गाउँपालिका-५ बस्ने २४ वर्षीय गौरी शंकर राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।