हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०३-२३
- A
- A-
- A+
मोरङ, आफ्नै भाउजु २० वर्षीय सिमा राजवंशीको हत्या गरेको अभियोगमा ग्रामथान गाउँपालिका-६ झोवाबनि बस्ने २१ बर्षीय सौचन खवासलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सौचनले धारिलो हतियार खुकुरी प्रहार गर्दा सिमाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैँचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले सौचनलाई पक्राउ गरेको हो । साथै सौचनले खुकुरी प्रहार गर्दा घाइते भएका १ जनालाई थप उपचारको लागि बिराट टिचिङ अस्पताल विराटनगरमा पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।