प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८२-०१-२९

  • A
  • A-
  • A+
Share

सोलुखम्बु, सोताङ गाउँपालिका-१ पावैस्थित जङ्गलबाट भरूवा बन्दुक १ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय दिल बहादुर गिरी भन्ने गङ्गा गिरी र सोही गाउँपालिका-३ नार्केल बस्ने २५ वर्षीय युवराज खड्का रहेका छन् । 

प्रहरी चौकी पावैबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
पेस्तोल सहित तीन जना पक्राउ
२०८३-०४-२४

कपिलवस्तु, विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट पेस्तोल १ थान सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे , सोही नगरपालिका-८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन् । उनीहरूले कृष्णनगर नगरपालिका-८ बहादुरगंजमा पेस्तोल देखाई  डर, धम्की दिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.६१ प ७०७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।