प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ

२०८१-०८-२२

  • A
  • A-
  • A+
Share

  काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा ३ जनालाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका-६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश प्रसाद यादव रहेका छन् । 

पक्राउ मध्ये कृष्ण प्रसाद भन्ने बिहानी बहादुरले फेसबुकमा साथी बनी कुराकानीको क्रममा आदान प्रदान गरिएका गोप्य तस्विरहरू रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको र रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदान प्रदान गरिएका गोप्य तस्विरहरू पीडकले अश्लिल शब्दहरू लेखी पीडितको सम्पर्क नम्बर सहित ह्वाट्स एप ग्रुपमा सेयर गरी दुःख हैरानी दिएको खुल्न आएको छ । 

यसैगरी लक्ष्मण यादव भन्ने जगदिश प्रसादले फेसबुक मार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्विर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दु:ख हैरानी दिएको घटनामा साइबर ब्यूरोमा मुद्दा दर्ता भई फरार रहेका उनलाई वैदेशिक रोजागरीको क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । 

कृष्ण प्रसाद भन्ने बिहानी बहादुर र रूपक शर्मा उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदिश प्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिने साइबर ब्यूरोले जनाएको छ ।

सम्बन्धित समाचार
सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-१८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बत्तीसपुतली बस्ने रूपन्देही गैडहवा गाउँपालिका-८ घर भएका २० वर्षीय पवन निसादलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लिल भिडियो/तस्विर दुरूपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब समेत दिई उक्त भिडियो तथा तस्विर सामाजिक सञ्जाल ह्वाट्सएपमा पीडितका परिवारलाई पठाएको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई टोखा नगरपालिका-७ बाट पक्राउ  गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-०३

झापा, सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं माछापोखरी बस्ने स्याङ्जा भीरकोट नगरपालिका-२ लुगाडाँडा घर भएका ३९ वर्षीय संजिव नेपाली र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१२ घर भएकी ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् ।आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनि अंग्रेजी भाषामा बोली प्रिन्स तमाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहार समेत नदेखाई कुराकानी गरी पीडितलाई विवाह गरी अमेरिका लाने प्रलोभन/आश्वासन देखाई पटक पटक गरी      १५ लाख १० हजार ५ सय रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय माध्यम सम्वद्ध ठगी अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-०१

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-११ सतुङ्गल घर भएका ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको पोष्ट भएको तस्विरमा अपशब्द तथा नकारात्मक टिप्पणी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जाल मार्फत महिलालाई दु:ख हैरानी दिने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-०१

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलालाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रे रोशी गाउँपालिका-११ घर भएका २३ वर्षीय समिर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  टिकटक लगायतका सामाजिक सञ्जालमा पीडितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याई दिन्छु भनि धाक धम्की दिई पीडितबाट आर्थिक लाभ लिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१३ कलंकीबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न चार जना पक्राउ
२०८३-०१-२२

काठमाडौं, साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय  सौरव भुजेल, सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सजल राई र इनरूवा नगरपालिका-६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको नाम दुरुपयोग गरी पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भन्ने पीडितहरूको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरान सुनसरीको समन्वयमा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न १० जना पक्राउ
२०८३-०१-१६

सुनसरी, अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, सोही उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय सुजित साह, सोही उपमहानगरपालिका-१६ बस्ने ४१ वर्षीय अशोक लिम्बु, सोही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय भवानी दाहाल र सोही उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय प्रज्जवल राई रहेका छन् । धरान उपमहानगरपालिका-१३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा (1x bet) खेल्दै/खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्दै/खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।