प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न १० जना पक्राउ

२०८३-०१-१६

  • A
  • A-
  • A+
Share

सुनसरी, अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, सोही उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय सुजित साह, सोही उपमहानगरपालिका-१६ बस्ने ४१ वर्षीय अशोक लिम्बु, सोही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय भवानी दाहाल र सोही उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय प्रज्जवल राई रहेका छन् । 

धरान उपमहानगरपालिका-१३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा (1x bet) खेल्दै/खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्दै/खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-११

काठमाडौं, अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका-६ बस्ने २७ वर्षीय सुजन लिम्बु भन्ने सुशन थेगिम लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनले सामाजिक सञ्जाल टिकटकमा पीडितसँग कुराकानी गरी विभिन्न प्रलोभनमा पारी अमेरिकी डलर, गरगहना लगायतका विभिन्न उपहार डिएचएल मार्फत पठाएको, उक्त सामान काठमाडौंको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको र सो सामान बुझ्नको लागि कस्टम चार्ज, कर बापतको रकम भुक्तानी गर्नुपर्छ भनी विभिन्न बैंक खातामा २ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने व्यक्ति पक्राउ
२०८३-०१-०८

काठमाडौं, सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यमा संलग्न रहेको अभियोगमा बझाङ थलरा गाउँपालिका-४ मयल ठेगाना भएका २० वर्षीय सानु भाइ भन्ने साजन बिष्टलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफ्नो फेसबुक आइडी सानू भाइ नामक एकाउन्टबाट पुर्व प्रधानमन्त्री केपी ओली, पुर्व गृहमन्त्री रमेश लेखक, पुर्व मन्त्री दिपक खड्कालाई तुरून्त रिहा गर अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुने छ जसका लागि एके-४७ जस्ता अत्याधुनिक हतियारहरू काठमाडौंमा भित्रिसकेको छ भनि पोष्ट गरी सर्वसाधारण जनमानसमा त्रास फैलाउने र आफुले भनेका कुराहरू नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण भिडियो समेत सार्वजनिक गरेको खुल्न आएको छ । उनलाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-१२-२०

काठमाडौं, अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-६ घर भएकी ५० वर्षीया वन कुमारी गुरूङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजातहरु समेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटक-पटक गरी ९० लाख रूपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-१२-१८

काठमाडौं, सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा  काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने रामेछाप मन्थली नगरपालिका-१२ घर भएका ३५ वर्षीय भगवती खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा कमेण्ट गरी सार्वजनिक रूपमा बेइज्जत गराई, घृणा, द्वेष फैलाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-१२-०४

काठमाडौं, सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने कैलाली घोडाघोडी नगरपालिका-१ घर भएका २३ वर्षीय तपेन्द्र बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा फेक आईडी बनाई पीडित महिलाको तस्विर सँगसँगै चरित्र हत्या गर्ने तवरबाट अपमानजनक तथा अमर्यादित कन्टेन्ट निर्माण गरी पोष्ट गर्नुका साथै अपरिचित व्यक्तिका अश्लिल क्रियाकलापका भिडियो सामाग्रीहरूमा समेत पीडित महिलाको नाम राखी विभिन्न पोष्ट गरी दुःख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने सात जना चिनियाँ नागरिक पक्राउ
२०८२-०९-३०

काठमाडौं, गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (VOIP) संचालन गरेको अभियोगमा ७ जना चिनियाँ नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३३ वर्षीय LIU PAN, ३१ वर्षीय GAO ZHIKUN, ४१ वर्षीय LIU JIANWEI, ४१ वर्षीय DU SHUANGSHENG, ३८ वर्षीय PENG KANG, ४९ वर्षीय CHAI ZHIXIN र ४२ वर्षीय ZHANG HAO रहेका छन् । अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग तथा समन्वयमा काठमाडौं महानगरपालिका-२७ ज्याठास्थित LIU PAN ले संचालन गरेको रेष्टुरेण्टमा कल बाईपास गरिरहेको अवस्थामा उनीहरूलाई कल बाईपासमा प्रयोग भएका उपकरणहरू सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।