प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७९-०६-१४

  • A
  • A-
  • A+
Share

ललितपुर, ललितपुर महानगरपालिका-१३ नख्खुखोला नजिक अवैध रुपमा लङगुर बुर्जा खेलिरहेको अवस्थामा हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भई ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने २५ वर्षीय प्रेम बुढा सहित ९ जनालाई  बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लङगुर बुर्जा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ६ सय ३० रूपैयाँ र  लङगुर बुर्जा खेल्न प्रयोग भएका सामानहरु सहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१५ खुमल्टार बस्ने गौरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय भरत बजगाई सहित ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको  घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ३५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ पक्राउ
२०८२-०३-२३

कास्की, पोखरा महानगरपालिका-१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दिपेन पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २२ हजार ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ घलेचोक डेरा गरी बस्ने पर्वत घर भएका ४२ वर्षीय हिमाल गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।