११ मिलिग्राम खैरो हेरोइनसहित तामाङ पक्राउ
२०८०-०७-२४
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ११ मिलिग्रामसहित केराबारी गाउँपालिका-६ बस्ने ३२ वर्षीय भक्त बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।