प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ

२०८०-०५-०३

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित सुईखेतबाट अवैध लागूऔषध अफिमजस्तो देखिने पदार्थ करिब ५ केजी ९ सय ७८ ग्रामसहित रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका-२ घर भएका ४१ वर्षीय दिपेश पुनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका-६ लेकसाईड, स्ट्रिट नम्बर १४ स्थित खाजा घरबाट अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलीग्रामसहित सोही उपमहानगरपालिका-११ नवलपुर बस्ने ४४ वर्षीय मनोज बर्तौलालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार