अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ
२०७९-०७-०८
- A
- A-
- A+
झापा, कमल गाउँपालिका-३ केर्खाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १० ग्राम र नगद १६ हजार ८ सय ५५ रुपैयाँ सहित अर्जुनधारा नगरपालिका-९ बस्ने २६ वर्षीय अजय माझी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले मे.५ प ९८१८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका-७ महतगाउँ भन्ने स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ७ ग्राम ९ सय ६५ मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय निराजन श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।