मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ
२०७९-११-१३
- A
- A-
- A+
झापा, बिर्तामोड नगरपालिका-४ स्थित पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका-५ का २४ वर्षीय प्रकाश थापालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापाले उक्त मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।