अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०२-२६
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-१७ डाँडा घोपा बस्ने ३१ वर्षीय अनिल भन्ने करण खड्कालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ५० ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका-८ सुबेदी चोक बस्ने ३५ वर्षीय कर्ण बहादुर थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय १० मिलिग्राम सहित पाँचथर फाल्गुनन्द गाउँपालिका-७ बस्ने २५ वर्षीय सुजन नेम्वाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय प्रशान्त गुरूङ, २१ वर्षीय कौशल चौलागाई र सोही गाउँपालिका-४ बस्ने ३६ वर्षीय गणेश घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने सन्तोष थापा मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र नगद ६७ हजार ९ सय ५५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन २ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर भैंसेपाटी बस्ने रौतहट घर भएका ३४ वर्षीय आकाश मगर र ललितपुर सुन्धारा बस्ने अर्घाखाँची घर भएका २९ वर्षीय रवि मगर रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा बस्ने २५ वर्षीय जनक बहादुर रामजाली मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका ४२ वर्षीय गौरी शंकर प्रसादलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ दक्षिण कुरहरियाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय प्रविन चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले प्रविनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
धनुषा, मिथिला बिहारी नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६७ ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने ३८ वर्षीय अबध किशोर मंडल समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले बेल्हीबाट मिथिलेश्वरतर्फ जाँदै गरेको मधेश प्र.२-०२-००८ प ४६४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।