राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-३१
- A
- A-
- A+
पर्सा, राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-३१ बस्ने ४२ वर्षीय प्रबिन्द्र साह गोढलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ६ महिना कैद सजाय र ३ करोड १२ लाख ६० हजार ८० रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।