अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-०८
- A
- A-
- A+
उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ९ सय ३० मिलिग्रामसहित त्रियुगा नगरपालिका-१० बस्ने ३३ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले प्रदेश १ -०५-००१ प ३२३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राईलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।