प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ

२०७८-०६-१५

  • A
  • A-
  • A+
Share

पर्वत, २०७८ असोज १५ गते

  मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्‍याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका-६ शिवालय चोकबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ
२०८०-०८-१७

काठमाडौं, नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने तनहुँ भिमाद घर भएकी २५ वर्षीया सपना तामाङ भन्ने पुजा राना रहेकी छन् । नयाँ बसपार्क तथा कलंकीका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकाहरुलाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई नयाँ बसपार्कबाट बिहीबार पक्राउ गरेको हो । साथै उक्त व्यूरो र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्यरत संस्था समेतको संयुक्त टोलीले कलंकीबाट १ जना र नयाँ बसपार्कबाट २ जना गरी ३ जना नाबालिकाको उद्दारसमेत गरेको छ । अभियुक्तले नाबालिकाहरुलाई विभिन्न काममा लगाई दिने, आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारि बोलाई आफ्नो तथा अन्य होटल र गेष्टहाउसहरूमा समेत पठाई विगत १० महिनादेखि जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको अनुसन्धानबाट खुल्न आएको छ ।  उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका ५ जना नाइके पक्राउ
२०८०-०८-१७

काठमाडौं, सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङ्गेटार, बानेश्वर लगायतका ठाउँबाट पक्राउ गरिएको  हो । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा घर भएका २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुङ्गा लिखु घर भएका ३३ वर्षीय गोपाल थापा, सिन्धुली सुनकोसी घर भएका ४४ वर्षीय सेते कार्की, सल्यान कपुरकोट घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोट विदुर घर भएका ३० वर्षीय अमृत रोक्का रहेका छन् । उनीहरू हाल काठमाडौं र ललितपुर बस्दै आएका थिए । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

मानवबेचबिखन तथा ओसार पसार कसूरमा होटल संचालक र प्रबन्धक पक्राउ
२०८०-०८-१०

सप्तरी, मानवबेचबिखन तथा ओसार पसार कसूरमा राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक राजविराज नगरपालिका-६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेष्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका-२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेका छन् ।  उक्त गेष्ट हाउसमा वेश्यावृती भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले गेष्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरू उपर मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसूरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भारतको आसाम पुर्‍याई नाबालिका बेचबिखन गर्ने अभियुक्त पक्राउ
२०८०-०२-०१

काठमाडौं,  भारतको आसाम पुर्‍याई नाबालिका बेचबिखन गरेको अभियोगमा म्याग्दी रघुगंगा गाउँपालिका-३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौंमा बस्ने आफ्न्तकोमा जान्छु भनि नुवाकोटबाट बसमा जाने क्रममा ती नाबालिकालाई बसमा सँगै रहेका पुरूषले खानेकुरा तथा पानीमा बेहोश हुने औषधि मिसावट गरी खुवाई बेहोश बनाई भारत आसामको कछर सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्‍याई बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिकाको उद्दार गरिएको थियो ।  थप अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उक्त कार्यमा संलग्न एलिना खत्रीलाई झापाबाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ भने कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूको समेत खोजी भइरहेको छ । 

ओमन पुर्‍याइ मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
२०८०-०१-०७

काठमाडौं, वैदेशिक रोजगारका लागि ओमन पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ईलाम फाकफोकथुम गाउँपालिका-६ घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका भैसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् ।  उनीहरुले पीडित व्यक्तिलाई वैदेशिक रोजगारको लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन पुर्‍याई ३५०० ओमनी रियलमा ओमनी घर मालिकलाई बिक्री गरेको र मालिकले शारिरीक तथा मानसिक यातना दिई आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अवस्थामा अचानक बेहोश भई पुन: कम्पनीमा फिर्ता गरेकोमा कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अनुसन्धानबाट खुल्न आएको छ । पीडित नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्किएका छन् । उनीहरू उपर मानवबेचबिखन तथा ओसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

मानव बेचबिखन कसूरमा संलग्न एक जना पक्राउ
२०७९-११-०३

काठमाडौं, मानव बेचबिखन कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं सिनामंगलस्थित डिएचएन शुभयात्रा ट्राभल्स एण्ड टुरका सञ्चालक सिन्धुपाल्चोक पाचँपोखरी थङपाल गाउँपालिका-५ घर भएका चिरन्जी गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  कुवेतको रोयल रेष्टुरेन्टमा काममा लगाइ दिने र त्यहाँ राम्रो काम गरे युरोप तथा अमेरिका समेतका देशहरीमा पठाइ दिने प्रलोभन देखाई प्रतिवादी डिम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी समतले पीडितलाई कुवेत पठाई कुवेतमा १ हजार ३ सय केडीमा बिक्री गरेको अवस्थामा मानवबेचबिखन व्यूरो अनुसन्धान व्यूरोको पहलमा कुवेतस्थित नेपाली राजदुतावास समेतको सहयोगमा पुस ४ गते पीडितको उद्दार गरिएको थियो ।  सोही घटनाको थप अनुसन्धानको क्रममा चिरन्जीले प्रतिवादीहरूसँग रकम लिई पीडितको भिषा, टिकट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएपछि उक्त व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ पानीपोखरीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।