प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०२-१४

  • A
  • A-
  • A+
Share

पर्सा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-६ संठी बस्ने २३ वर्षीय विशाल यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विशालले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कारयालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

इलाम, ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१२ शेर्पा गाउँ बस्ने ४७ वर्षीय दावा शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । दावाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आइतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दाङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१२ नारायणपुर बस्ने २४ वर्षीय एलेक्स बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । एलेक्सले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार