अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०३-१४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिलगुडी चम्पासरी दार्लिङ बस्ने ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ५३०४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-९ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने ३८ वर्षीय माधव केसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९७ ग्राम ८ सय १० मिलिग्राम सहित मायादेवी गाउँपालिका-६ दुर्गौलिया घर भएका ३४ वर्षीय जगदिश यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ बस्ने २१ वर्षीय राहुल तिरूवा र १९ वर्षीय सुरेश खनाल रहेका छन् । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-६ बस्ने २३ वर्षीय प्रमेश थारूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-८ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका-३ लायकपुर बस्ने २४ वर्षीय अर्जुन ऐडी रहेका छन् । प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने २१ वर्षीय किरन भट्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २ किलो ९५ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका संचालक सोही ठाउँ बस्ने डडेल्धुरा घर भएका ४५ वर्षीय शंकर कुमार शाही र धनगढी उपमहानगरपालिका-१ बस्ने कञ्चनपुर घर भएका ५२ वर्षीय मिन राज भट्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले सेकुवा सेन्टर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
गोरखा, गण्डकी गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ जट्टार बस्ने २२ वर्षीय गोविन्द चेपाङ र चितवन इच्छाकामना गाउँपालिका-३ चुमखोला बस्ने ४० वर्षीय उत्तर कुमार गुरूङ रहेका छन् । प्रहरी चौकी भुम्लिचोकबाट खटिएको प्रहरीले बा.८४ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, डुडुवा गाउँपालिका-२ बाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५ ग्राम ७ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय राजेन्द्र लोनियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दार्चुला, महाकाली नगरपालिका-९ बेतबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित मालिकार्जुन गाउँपालिका-१ भर्तोला बस्ने २६ वर्षीय मनिष सामन्तलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प २९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम २ सय मिलिग्राम र नगद ३२ हजार रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ शिवधारा घर भएका ३३ वर्षीय बिक्की राई र हरिनगरा गाउँपालिका-२ बस्ने २३ वर्षीय अरबाज सिदी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, सहिदभूमि गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय कपिल कार्की, ३४ वर्षीय सन्देश राई, सोही गाउँपालिका-६ बस्ने २९ वर्षीय पर्वत कार्की, सोही गाउँपालिका-३ बस्ने २० वर्षीय युकेश राई र २३ वर्षीय ओविन राई रहेका छन् । इलाका प्रहरी कार्यालय छिन्ताङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८९ ग्राम ७ सय २० मिलिग्राम सहित भारत पश्चिम बंगाल बनिहारी दक्षिण दिनाजपुर गंगारामपुर बस्ने ३२ वर्षीय चंचल सिकदारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित झापा कमल गाउँपालिका-५ बस्ने २८ वर्षीय पुजन थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख २९६५ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।