प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८१-०२-०६

  • A
  • A-
  • A+
Share

डडेलधुरा, आलिताल गाउँपालिका-२ खोलेखर बस्ने २८ वर्षीय डम्बर बहादुर थापा मगरलाई एकनाले भरुवा बन्दुक १ थानसहित  गएराति प्रहरीले पक्राउ गरेको छ । 

मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरूवा बन्दुक फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाङ्खेत र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार