अवैध लागूऔषध सहित पक्राउ
२०७९-०९-०९
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-२६ चाक्सीबारीस्थित होटल बुद्ध प्रलिको कोठा नम्बर ३ सय ३ बाट अवैध लागूऔषध कोकिन ५ किलो ६ सय ग्राम सहित युक्रेनी नागरिक ३२ वर्षीया DARIIA ANTONENKO लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट आईफोन १ थान, ब्राजिलियन सिमकार्ड, वोर्डिङ पास ३ थान, दुवई कस्टमर रिलेशन डिपार्टमेण्ट फारम पान १ थान, ३ सय अमेरिकन डलर, ४ सय ८० थाई भाट र ५ हजार नेपाली रूपैयाँ प्रहरीले बरामद गरेको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा संलग्न थाई नागरिक २५ वर्षीया AREEYA PHONOK लाई समेत बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
कालीकोट, तिलागुफा नगरपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब २ ग्राम ५३ मिलिग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल ८ क्याप्सुल सहित जुम्ला हिमा गाउँपालिका-५ बस्ने २५ वर्षीय अनिल शाही समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खल्लागार्डबाट खटिएको प्रहरीले जुम्लातर्फ जाँदै गरेको क.प्र.०२००१ प ९१२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-४ घ गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-११ अमरबस्ती बस्ने ३० वर्षीय राम बहादुर बिक समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।