४१औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियगिता शुरू
२०८०-०८-०६
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ४१औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० बुधबारबाट शुरू भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले नेपाल प्रहरीमा हुने आन्तरिक खेलकुद प्रतियोगिताहरू स्तरीय खेलाडी उत्पादनको आधारको रूपमा रहेकोले प्रतियोगिताहरूको सम्भाव्यता खोजी गरी संचालनको लागि प्रयास गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै प्रतियोगितामा सहभागी टिमहरूलाई खेल अवधिभर उच्च अनुशासनमा रही आफ्नो खेल कौशल प्रदर्शन गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक रूकेश तण्डुकारले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आजै भएको पहिलो खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टिमले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरलाई ५ का विरूद्ध शून्य गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेलमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल टिम र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी टिम गोल रहित बराबरीमा टुंगिएको थियो ।
मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ ।