प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

२०८२-०४-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम र नगद २ हजार ५ सय रूपैयाँ सहित तारकेश्‍वर नगरपालिका शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २३ वर्षीय संजिव पाण्डेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-२ गैरीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम र नगद १ लाख ४९ हजार २ सय रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २८ वर्षीय राजेश राजबंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले राजेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

रौतहट, चन्द्रनिगाहापुर नगरपालिका-४ धनसारबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो ७ सय ५० ग्राम सहित बारा निजगढ नगरपालिका-१२ बस्ने ३४ वर्षीय दिपक थिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.८० प ९८९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट अवैध लागूऔषध गाँजा ७८ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय मुस्ताक मिया र सोही नगरपालिका-६ बस्ने ४८ वर्षीय बलराम यादव रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले मुस्ताकको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले बिआर १० एक्यु ५४२७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने २२ वर्षीय गणेश रावत र २५ वर्षीय टेकराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२-००३ प ८२३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, बर्दगोरीया गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने २७ वर्षीय शंकर जैसी र बर्दिया गेरूवा गाउँपालिका-१ थापापुर बस्ने २४ वर्षीय किरण रावल रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, जानकी गाउँपालिका-१ दुर्गौलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय क्षेत्र राज रावतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २३ वर्षीय संयोग चौधरी, सोही नगरपालिका-६ हड्की कसम टोल बस्ने २३ वर्षीया सुकमाया राई र सोही ठाउँ डेरा गरी बस्ने ३१ वर्षीय दिलिप लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ सुन्दरटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष श्रेष्ठ र उनकै श्रीमती २९ वर्षीया लक्ष्मी राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले सन्तोषको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

महोत्तरी, औरही नगरपालिका-९ टिमकिया बस्ने ५५ वर्षीया राम कुमारी देवी यादवलाई अवैध लागूऔषध गाँजा ८ किलो ८ सय ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले राम कुमारीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय बिबेक महत र सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय अंगत कुंवर रहेका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-११-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो ६ सय ७० ग्राम सहित श्रीलंकन नागरिक २२ वर्षीय DILAN ANANDARAJAN लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर अरेबियाको उडानद्वारा काठमाडौंबाट शारजाहा दुबई प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   बर्दिया, बारबर्दिया नगरपालिका-३ पदनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-३ झुन्डिपुर बस्ने ३४ वर्षीय प्रदिप कुमार थारू र सोही नगरपालिका-४ बस्ने १९ वर्षीय निशान्त थारू रहेका छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय राम मिलन चौधरी, गेरूवा गाउँपालिका-६ बस्ने २३ वर्षीय असोक श्रेष्ठ र २९ वर्षीय समिर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-४ घ गाउँ कार्गिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण मिश्रा र २३ वर्षीय सिमान्त गैरे रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ५८९० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-११-२०

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ३० मिलिग्राम र नगद २० हजार ४ सय ९५ रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने सुनसरी घर भएका ३३ वर्षीय सुनिल थापा, ३३ वर्षीय आशिष पाण्डे, ललितपुर इमाडोल बस्ने २१ वर्षीय राशि गौतम र काठमाडौं नक्साल बस्ने २१ वर्षीय युनिक पोखरेल रहेका छन् । प्रहरी वृत्त ठिमी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित दुई जना पक्राउ
२०८२-११-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३२ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भिमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार स्कुटरमा सवार १ जनाको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट तीन जना पक्राउ
२०८२-११-१८

झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्राम सहित कमल गाउँपालिका-४ साधु टोल बस्ने ३३ वर्षीय राजेश नेम्वाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले टटुवामारीबाट बाहुनटोलतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।