प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा पक्राउ
२०७८-०६-१२
- A
- A-
- A+
उदयपुर, २०७८ असोज १२ गते
त्रियुगा नगरपालिका-७ चुहाडे चोकमा डिय्टीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका-८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डिय्टीमा खटिएको प्रहरीलाई उनले अचानक हातपात गरेकोपछि उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।