प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हेभि इक्युपमेन्ट ड्राईभिङ तालिम समापन

२०७९-०३-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित चौथौं समूहको हेभि इक्युपमेन्ट ड्राईभिङ तालिम  समापन भएको छ ।

तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही महाशाखाका प्रहरी उपरीक्षक ई.दिनेश केसीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा प्रदान गरेको ज्ञान, सिप र दक्षतालाई प्रशिक्षार्थीले आ-आफ्नो कार्य क्षेत्रमा आएका समस्याहरुलाई सरल एवं सहज रुपमा समाधान गर्न सक्ष्म हुने विश्वास व्यक्त गर्नुभयो ।   

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अञ्जन राज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ १६ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना र प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान ४ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको जानकारी दिनुभयो ।

तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुको हेभी इक्युपमेन्ट चलाउन, सामान्य मर्मत संम्भार गर्न, विभिन्न प्राकृतिक प्रकोपमा उद्दार कार्य गर्न, बिपद् व्यवस्थापन लगायत विभिन्न विकास निर्माण कार्यको लागि सहयोग गर्न, विभिन्न परिस्थिति तथा मौसम अनुसार हेभि इक्युपमेन्ट चलाउँदा ध्यान दिनुपर्ने लगायतका बिषयमा तालिम प्रदान गरिएको जानकारी दिइयो ।



सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०७९-०३-२१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएको ३२ वर्षीय जिवन चौधरीलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको छ । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालीका-५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन सहित बारा कलैया नगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित रुपन्देही खैरेनी नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरी सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।