प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७८-११-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ७० ट्याब्लेट सहित कैलाली टिकापुर नगरपालिका-७ बस्ने २७ वर्षीय किरण साउदलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ८८६४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

यसैगरी काठमाडौंका विभिन्न स्थानबाट करिब २९ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-७ घर भएका २५ वर्षीय रोमन भण्डारी, कागेश्वरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ घर भएका २५ वर्षीया प्रज्ञा कार्की, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-४ घर भएका ३८ वर्षीय राजेश नेपाल र काठमाडौं महानगरपालिका-३२ बस्ने भारत पश्चिम बंगाल मेदनापुर देवराथाना बहादुरग्राम घर भएका २९ वर्षीय मिजाहिद राजा रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रोमन र प्रज्ञाको कोठाबाट २९ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु तथा नगद १ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न मिजाहिद राजालाई १ सय मिलिग्राम उक्त पदार्थ र राजेश समेतलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 झापा, मेचीनगर नगरपालिका-६ मेचिपुल छेउबाट करिब ८ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कमल गाउँपालिका-६ बस्ने ३४ वर्षीय दिपेन्द्र भण्डारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दिपेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर, बेलका नगरपालिका-१ आम्बासीस्थित सडकबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित  चौदण्डीगढी नगरपालिका-४ संगम टोल बस्ने ३१ वर्षीय भुषण राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्र.३-०२-०१२ प ७०७७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक राईलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, इनरुवा नगरपालिका-४ बसपार्कबाट करिब ९६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-८ बस्ने २२ वर्षीय मिथुन कुमार यादव र सोही गाउँपालिका-८ भण्टाबारी बस्ने १९ वर्षीय प्रमोद कुमार सरदार रहेका छन् । विआर ३८ एस ०६२३ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेबाट करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाशा गाउँपालिका-३ र सोही गाउँपालिका-९ बस्ने २ जना किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नामटारबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ४०२४ नम्बरको बसलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०६-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-५ बस्ने २९ वर्षीय सन्तोष पौडेल र गोरखा शहिद लखन गाउँपालिका-६ बस्ने २५ वर्षीया सिमा गुरूङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले काकड्भिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५६५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २३ ट्याब्लेट र ट्रामाडोल ८ ट्याब्लेट सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-५ बस्ने २१ वर्षीय समिर जंग शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतको रूपैडिया बजारबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-४ ट्राफिक चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ७३ एम्पुल, फेनारगन ७३ एम्पुल र सेरेजेक ७३ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने २६ वर्षीय भुपाल थापा र सोही महानगरपालिका-१३ बस्ने २८ वर्षीय शिव गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ९६ किलो गाँजा सहित महोत्तरी र मोरङबाट चार जना पक्राउ
२०८१-०६-०१

महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनबेसी नगरपालिका-६ बस्ने ३० वर्षीय संजिप खत्री र चितवन खैरेनी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले बा.प्र ०१-०२६ च १३३६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक संजिप र सहचालक किशोरलाई पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१७ मण्ठा पोखरीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४६ किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ४५ वर्षीय सुक्षिम राई र सोही उपमहानगरपालिका-११ बस्ने ४६ वर्षीय देवराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट आइसिपि तर्फ जाँदै गरेको को.२ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी स्कार्पीयो चालक सुक्षिम र स्कार्पीयोमा सवार देवराजलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०६-०१

बाँके, कोहलपुर नगरपालिका-१० बालबिद्या टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-७ घर भई कोहलपुर नगरपालिका-१० बस्ने २१ वर्षीय रिसब श्रेष्ठ र २२ वर्षीय महेश शाही रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ स्थित न्युसिटी बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१५ रंगिलाचोक बस्ने २८ वर्षीय किशोर बिकलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट न्युसिटी बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बिशाल चोक बस्ने २२ वर्षीय कर्ण लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  डडेल्धुरा, अमरगढी नगरपालिका-७ पोखरा बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय तेज कैनिलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी अजयमेरू गाउँपालिका-६ भण्डारीगाउँबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४७ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय राज सिंह भण्डारीलाई अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरीले सोमबार राती पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०५-३१

मोरङ, बिराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाँटस्थितबाट अवैध लागूऔषध गाँजा ४३ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-१५ बस्ने ३२ वर्षीय गणेश चौधरी र सोही महानगरपालिका-१३ बस्ने २२ वर्षीय रोजेश परियार रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८ च ७८८० नम्बरको कारलाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी चालक गणेश र कारमा सवार रोजेशलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१ नैनादेवी चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा पर्शुराम नगरपालिका-१० बस्ने  ७० वर्षीय नर बहादुर बिष्ट र कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय सुनिल शर्मा रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।