नवनिर्मित प्रहरी चौकी खुम्जुङ सोलुखुम्बुको कार्यालय तथा आवस भवन उद्घाटन
२०७८-०७-१३
- A
- A-
- A+
सोलुखुम्बु, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले प्रहरी चौकी खुम्जुङ सोलुखुम्बुको नवनिर्मित कार्यालय तथा आवस भवनको शनिबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । साथै उहाँले उक्त भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बिसीले गाँस बासको उचित ब्यबस्था भएसँगै प्रहरी कर्मचारीलाई काम गर्न थप हौसला मिल्ने बताउनुभयो । सुन्दर भवनको निर्माण भएसँगै जनमैत्री प्रहरी सेवा र कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।
१ तले ८ कोठे उक्त भवन कूल १ करोड ६८ लाख ६४ हजार ३ सय ६४ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उद्घाटन कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवाल लगायतको उपस्थिति रहेको थियो ।