अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०२-३१
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकलबारी डेरा गरी बस्ने सोही नगरपालिका-६ नारायणटार घर भएका ३२ वर्षीय नवाङ शेर्पालाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय १५ एम्पुल, फेनारगन १ सय १४ एम्पुल, डाइजेपाम १ सय १७ एम्पुल र नगद २५ हजार ५० रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३५ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ दक्षिणढोका बस्ने पाँचथर घर भएका १९ वर्षीय अमित राई र काठमाडौं गोकर्ण बस्ने ईलाम घर भएका २९ वर्षीय आयुष रानामगर रहेका छन् । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-२३ गैरीगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा सिम्रौनगढ नगरपालिका-३ बस्ने ३५ वर्षीय जितेन्द्र पासवान, भारत सितामणी जानकी स्थान-१८ बस्ने ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको बागमती प्रदेशको बिएडी ९२०१ नम्बरको कार र कारसँगै आइरहेको बा.५२ प ४५६७ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई कारलाई तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-६ पाटन सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सोही महानगरपालिका-८ लोल बस्ने मकवानपुर घर भएका ३१ वर्षीय दिपक बलामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका-७ हेम नारायण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम २ सय मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २२ वर्षीय राजा यादव, सोही नगरपालिका-१२ बस्ने २० वर्षीय पहलाद कुमार यादव र २० वर्षीय सनि मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले स.५ प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ गोलपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित दैलेख नारायण नगरपालिका-१ पुरानो बजार बस्ने ३३ वर्षीया मन कुमारी खड्का गहतराजलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-५ मेचेगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ बस्ने २८ वर्षीय कैलाश रसाईली र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय अजय राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले मे.७ प ५८४७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ बस्ने ३० वर्षीय बिष्णु सिंह राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-४ अडियामल टोल बस्ने ४२ वर्षीया रिता तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट र डाइक्लोमाइन ५ सय ६० ट्याब्लेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३० वर्षीय मिलन कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित रामधुनी नगरपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ एकताटोल डेरा गरी बस्ने बराहक्षेत्र नगरपालिका-१ घर भएकी ३८ वर्षीया सम्पना घिमिरेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने १९ वर्षीय मो.उजिर आलम र रामधुनी नगरपालिका-२ बस्ने २२ वर्षीय मो.जुवेर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, अन्नपुर्ण गाउँपालिका-११ डाँडागाउँ बस्ने २७ वर्षीय प्रदिप जैसीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-८ नागढुङ्गा मिलनपथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ७ एम्पुल, बुप्रेनोर्फिन ७ एम्पुल र फेनारगन ७ एम्पुल सहित स्याङ्जा अर्जुनचौपारी घर भएका ३७ वर्षीय अम्मर केसीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-९ कुनैठी तोरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय संजय थारू, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय रोहित चौधरी र बारबर्दिया नगरपालिका-६ बस्ने ३० वर्षीय राधव चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले संजयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, राजापुर नगरपालिका-७ बडकी भिमापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५९ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय राजेश थारू र २२ वर्षीय रोहन थारू रहेका छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, जनकनन्दिनी गाउँपालिका-६ कठालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६९ ग्राम ७ सय ७० मिलिग्राम सहित कैलाली गौदावरी नगरपालिका-५ बस्ने २५ वर्षीय सागर जैरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले हाल नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल र मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
नुवाकोट, विदुर नगरपालिका-७ तुप्चेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ जोगीटार बस्ने ३५ वर्षीय राजेश रिजाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका- ७ रामटोल डेरा गरी बस्ने भारत बिहार घर भएका २१ वर्षीय सन्नी राजलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले बिआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुर बस्ने २३ वर्षीय सौगात खड्कालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।