प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०८-०८

  • A
  • A-
  • A+
Share

सिरहा, लहान नगरपालिका-२२ स्थित भित्री सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-११ पडरिया बस्ने २२ वर्षीय नन्दन चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्रदेश २-०१-००३ प ५५६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८०-११-२०

बाँके, नेपालगंज उपमहानगरपालिका-१८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० भृकुटिनगर बस्ने ४३ वर्षीय बिकाश पौडेल र ३६ वर्षीय राजिव कुमार कर्ण रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भे.११ प ४१२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, कमल गाउँपालिका-३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३८ ग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज थापा र शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय बिष्णु खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त होटलको जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलाली, जानकी गाउँपालिका-७ मख्रीबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय विनायक चौधरी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  मोरङ, बुढिगंगा गाउँपालिका-५ कार्टुन टोल बस्ने ४५ वर्षीया मुनिया खातुनलाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८०-११-१९

झापा, बिर्तामोड नगरपालिका-२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही नगरपालिका-२ बेलडागी बस्ने ३२ वर्षीय अनिल लुईटेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ, बुढिगंगा गाउँपालिका-२ बागवान बस्ने ३५ वर्षीया रिनादेवी सिंहलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवा समेतबाट खटिएको प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।   कञ्चनपुर, बेलौरी नगरपालिका-८ कलकत्ताबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम २ मिलिग्रामसहित बेल्डाडी गाउँपालिका-३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-१३ भाईरल रोडबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ४० ग्राम र १ थान खुकुरीसहित सोही नगरपालिका-१२ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बस्तुसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-११-१८

रूपन्देही, कोटहीमाई गाउँपालिका-५ देवनवक्सपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका-५ मझगाँवा बस्ने १९ वर्षीय सतिस कुमार ठाकुर र मायादेवी गाउँपालिका-३ कमरिया बस्ने २३ वर्षीय माहाविर यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले लु.१३ प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, क्रेज्याक ७५ एम्पुल, एबोट ७५ एम्पुल र बुप्रेमोर्फिन ५० एम्पुलसहित स्याङ्जा फेदीखोला गाउँपालिका-४ आरूखर्क बस्ने ३२ वर्षीय प्रदिप घाम्बोलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले बा.२ ख १४१० नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८०-११-१८

सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा कन्काई नगरपालिका-१ बस्ने ३६ वर्षीय धन बहादुर मुखिया, सोही नगरपालिका-७ बस्ने ३५ वर्षीया गंगा दर्जी र धनकुटा सहिदभुमि गाउँपालिका-३ बस्ने २२ वर्षीय टेकेन्द्र राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट अमरहाट समेतबाट खटिएको प्रहरीले मे.७ प ७३७५ नम्बरको मोटरइकलमा सवार मुखिया र दर्जीलाई ८ किलो गाँजा र  प्रदेश १-०२-०५३ प ७६६० नम्बरको मोटरसाइकलमा सवार राईलाई ३ किलो गाँजासहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९६ मिलिग्रामसहित लेटाङ नगरपालिका-९ बस्ने ३२ वर्षीय भिम भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-२७ रामपुर टोलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ग्रामसहित बारा परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने २६ वर्षीय दिपक पटेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट खटिएको प्रहरीले म.प्र.०३-०२६ प ००९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक पटेललाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम र नगद २२ हजार ६ सय रूपैयाँसहित बिर्तामोड नगरपालिका-४ बस्ने २१ वर्षीय रबिन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेफ्टी ट्याङ्करभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
२०८०-११-१७

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जम्मुडाँडाबाट नियन्त्रित लागूऔषध विनसिरेक्स ४७५ बोतलसहित हरिवन नगरपालिका-३ ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना.८ ख २०२२ नम्बरको सेफ्टी ट्याङ्करलाई जाँच गर्ने क्रममा सिट मुनि उक्त परिमाणको लागूऔषध फेला पारी मोक्तानलाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध ओसार पसारमा प्रयोग गरिएको ट्याङ्कर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनी उपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।