नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०७-१४
- A
- A-
- A+
तनहुँ, ब्यास नगरपालिका-३ बस्ने २६ वर्षीय संतोष शाही र उनकी श्रीमती २३ वर्षीया रुपकला परियार शाहीलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट १ सय ४३ ट्याब्लेट सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
संतोष, रुपकला र सोही ठाउँ बस्ने ३४ वर्षीय टेक बहादुर बिकबिच झगडा भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई शंका लागि जाँच गर्ने क्रममा रुपकलाको साथबाट उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।