प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाह्रबोरको एकनाले बन्दुकसहित १ जना पक्राउ

२०८०-१०-२०

  • A
  • A-
  • A+
Share

रौतहट, चन्द्रपुर नगरपालिका-६ स्थित डाबरीबाट बाह्रबोरको एकनाले बन्दुक १ थानसहित सोही ठाउँ बस्ने ४५ वर्षीय हरी स्याङतानलाई  शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.५१ प ७३२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको लेग-गार्डमा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त बन्दुक फेला पारी चालक स्याङतानलाई पक्राउ गरेको हो । साथ हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार