प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-१२-०३

  • A
  • A-
  • A+
Share

डोटी, शिखर नगरपालिका-७ उजेली गाँउ बस्ने ३८ वर्षीय मान बहादुर कुँवरलाई भरूवा बन्दुक १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मान बहादुरको घरमा अवैध हतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिलतालीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार