अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०४-०४
- A
- A-
- A+
कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित टिकापुर नगरपालिका-१ टिकापुर बस्ने ४० वर्षीय लेखराम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० आदर्शनगर बस्ने ३७ वर्षीय विनम्र श्रेष्ठ र ३५ वर्षीय दिपेश क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.५ प १२०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-९ शनिमन्दिरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित धनकुटा सहिदभुमी गाउँपालिका-७ बस्ने ३८ वर्षीय जिवन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा चेकजाँचको लागि खटिएको प्रहरीले प्र.१-०२-०४७ प ४४६५ नम्बरको मोटरसाइकलमा सवार राईलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने करिब २ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २२ ट्याब्लेट र मोबाइल १ थान सहित इटहरी उपमहानगरपालिका-१९ अमाह टोल बस्ने २८ वर्षीय रितेश चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपि लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।