कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०७-१७
- A
- A-
- A+
अर्घाखाँची, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सितगंगा नगरपालिका-७ बस्ने ५५ वर्षीय खिम बहादुर पुलामी मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत अर्घाखाँचीको २०५६ असार १८ गतेको फैसलाले उक्त मुद्दामा १९ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिई फरार रहेका उनलाई उनकै घरठेगानामा लुकी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत अर्घाखाँचीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।