चितुवाको छाला सहित पक्राउ
२०७९-०७-१८
- A
- A-
- A+
सुर्खेत,पंचपुरी नगरपालिका-५ बाबियाचौरस्थित नौलो होटेलबाट १ थान टाटेपाटे चितुवाको छाला सहित जाजरकोट बारेकोट गाउँपालिका-३ रोकाय गाउँ बस्ने ५२ वर्षीय कर्ण बहादुर रोकायलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
रोकायले चितुवाको छाला ल्याएको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।