अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०२-१८
- A
- A-
- A+
झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१४ लालपानी बस्ने ३२ वर्षीय विश्वनाथ राजवंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्राम ६० मिलिग्राम र नगद ८ हजार रूपयाँ सहित काठमाडौं शंखरापुर नगरपालिका-८ बस्ने ३२ वर्षीय रोशन कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ गणेश मन्दिर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नगद ६ हजार ६ सय रूपैयाँ सहित बंगालचुली गाउँपालिका-४ बस्ने २३ वर्षीय बिकाश नेपाली समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रसुवा, उत्तरगया गाउँपालिका-२ सिम्लेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाँडागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३४ ग्राम ७ सय ९० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बौधीमाई नगरपालिका-२ बस्ने २१ वर्षीय रोहित पटेल, बारा निजगढ नगरपालिका-९ बस्ने २१ वर्षीय सरर्युग साह र कलैया उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय राजन जैसवाल रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले सिम्रनगढबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८८३१ नम्बरको बोलेरोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ सगरमाथाटोल बस्ने २९ वर्षीय अभिषेक चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम र नगद ७ हजार ६ सय ५० रूपयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित रामधुनी नगरपालिका-३ भासी बस्ने १७ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.१६ प ८०९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-११ स्थित सिमरवना नहरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ८० ट्याब्लेट र डाईक्लोमाइन १ हजार १ सय ८० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय अभिषेक श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, जिराभवानी गाउँपालिका-४ सुपौली चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २६ ट्याब्लेट सहित पर्सागढी नगरपालिका-७ बागेश्वरी तित्रौना बस्ने २४ वर्षीय मन्दिप राउत कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सुपौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका-१५ बुधौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १४ मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-६ बस्ने १९ वर्षीय सुजल शाह र २३ वर्षीय जय कुमार साह रहेका छन् । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ७६३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका-५ स्थित तिला नदीको छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित चन्दननाथ नगरपालिका-७ बस्ने ३० वर्षीय बिपुल महत समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-६ रामजानकी चाय टोलबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीय लक्ष्मण चन्द्रवंशीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, कैलारी गाउँपालिका-३ सुर्मिनालाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय मिमुह चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।