हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०४-०६
- A
- A-
- A+
महोत्तरी, पिपरा गाउँपालिका-५ बस्ने ५६ वर्षीय राम बहादुर दासको हत्यामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय रामनाथ दासलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पिपरा गाउँपालिका-५ स्थित सहोडवा र एकरैया जाने बाटो नजिक रहेको आँप बगैचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा राम बहादुर दासको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय सहोरवा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा रामनाथ दासको संलग्नता रहेको खुल्न आएपछि उनलाई १ थान फोरुवा (कोदालो) सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।