प्रहरी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०३-२०
- A
- A-
- A+
काठमाडौं, प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्ने इलाम, इलाम नगरपालिका-१० घर भएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
दिपिकाले आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै पोशाक लगाएको तस्बिर देखाई विभिन्न आश्वासन दिई आफ्नो ई-सेवा तथा मोबाइल बैंकिङमा पैसा राख्न लगाई निवेदकलाई झुक्यानमा पारी ठगी तथा आपराधिक लाभ लिने कार्यमा संलग्न रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गंगबुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।