अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-२७
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल, नुफिन १ सय एम्पुल, नाइट्राभेट ५ सय ७० ट्याबलेट र नगद २० हजार रुपैयाँ सहित बारा पचरौता गाउँपालिका-८ बस्ने २२ वर्षीय प्रवेज मिया अंसारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बारादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९६२३ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार अंसारीलाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट अवैध लागूऔषध गाँजा करिब १२ केजी ५ सय ग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत मोतीहारी जिल्ला बलही गाउँ बस्ने ३५ वर्षीय रमेस माझी, ५५ वर्षीय हरिन्द्र माझी, ४० वर्षीय दिलिप माझी रहेका छ्न । राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१च १३१८ नम्बरको बलेरोमा लागूऔषध गाँजा बोकी ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बलेरोमा सवार रमेस माझीको साथबाट गाँजा ३ केजी ५०० ग्राम, हरिन्द्र माझीको साथबाट ४ केजी र दिलिप माझीको साथबाट करिब ५ केजी गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।