हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-२३
- A
- A-
- A+
बैतडी, आफ्नै काकी ३५ वर्षीया बेलमती धामीको हत्या गरेको अभियोगमा सिगास गाउँपालिका-२ पेडेगोदा बस्ने ३० वर्षीय यज्ञ सिंह धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
यज्ञले बन्चरो प्रहार गर्दा बेलमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाजरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।