प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाह्‍य मुलुकतर्फ लैजान लागेको स्वदेशी तथा विदेशी मुद्रा सहित दुई जना पक्राउ

२०८३-०२-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित २ जना बंगलादेशी नागरिहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३९ वर्षीय Mohammad  Intaz Ali र ५० वर्षीय MD Zakir Hossain रहेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा Mohammad  Intaz Ali को साथबाट स्रोत नखुलेको नेपाली १० लाख २५ हजार रूपैयाँ र Zakir Hossain को साथबाट स्रोत नखुलेको नेपाली १२ लाख ३४ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र मलेसियन रिङ्गिट २० हजार सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२८

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ घर भएका ५२ वर्षीय प्रशान्त राम नकर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८२ मंसिर १० गतेको फैसलाले उक्त मुद्दामा ७ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।  

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०२-२८

काठमाडौं, डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ मिलनचोक बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भएका ३३ वर्षीय हिमाल बज्र लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने मकवानपुर मनोहरी गाउँपालिका-३ सुकौरा घर भएका ५१ वर्षीय ज्ञानु बल रहेका छन् ।रौतहट चन्द्रपुर नगरपालिका-१ स्थित बुढीखोला नजिक सडकमा ३/४ जना अपरिचित व्यक्तिहरूले पीडितको मोबाइल तथा नगद ११ लाख ८३ हजार रूपैयाँ गत वैशाख १३ गते डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ मिलनचोकबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहट पठाइएको छ ।  

अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-२७

काठमाडौं, अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-३ बस्ने गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २६ वर्षीय बिबस अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई बिबस अधिकारी भन्ने नामबाट २०८२ चैत १५ मा मुद्दा खोल्ने तथा पुन: प्रमाणिकरण सम्बन्धी सूचना भन्ने पत्र कीर्ते बनाई मुद्दाको अन्तिम निर्णय भएपछि बिबसको बैंकमा २ करोड १३ लाख रूपैयाँ रकमान्तरण हुने र २०८२ चैत २४ गते सेवा शुल्क भुक्तानी सम्बन्धी झुठ्ठा लिखत तयार गरी बिबसलाई अदालतबाट १ लाख ६ हजार ५ सय रूपैयाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छाप कीर्ते गरी प्रचलनमा ल्याएको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।